तब मोशाले राजालाई भने, “परमप्रभु भन्नुहुन्छ कि ‘म मध्यरातमा मिश्रका बीचबाट भएर जानेछु र मिश्रमा भएका सबै जेठा छोराहरू मर्नेछन्, जाँतो पिँध्ने कमारीको जेठो छोरादेखि सिंहासनको अधिकारी हुने राजाको जेठो छोरोसमेत मर्नेछ। गाई-वस्तुका सबैभन्दा पहिले ब्याएका बाछाहरू पनि मर्नेछन्। सारा मिश्रदेशभरि अघि कहिल्यै नसुनिएको र पछि फेरि कहिल्यै नसुनिने रुवावासी चल्नेछ। तर इस्राएलीहरू र तिनीहरूका पशुहरूलाई भने एउटै कुकुरले पनि भुक्नेछैन। तब तिमीहरूले चाल पाउनेछौ कि परमप्रभुले इस्राएलीहरू र मिश्रीहरूमा भेद राख्नुहुन्छ’।” मोशाले अन्त्यमा भने, “तपाईंका सबै भारदारहरू मकहाँ आएर मलाई ढोग्नेछन् र मेरा सबै मानिसहरूलाई लिएर जान बिन्ती गर्नेछन्। त्यसपछि म जानेछु।” तब मोशा रिसले तातिएर हिँडे। परमप्रभुले मोशालाई भन्नुभएको थियो, “राजाले तेरा कुरा मान्न अस्वीकार गरिरहनेछ र त्यसले गर्दा म आफ्ना धेरै आश्चर्यकर्महरू मिश्रमा गर्नेछु।” राजाको अघि मोशा र हारूनले यी सबै आश्चर्यका कामहरू गरे तर परमप्रभुले तिनको मन कठोर पारिदिनुभयो र तिनले इस्राएलीहरूलाई देशबाट जान दिएनन्।
प्रस्थान 11 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: प्रस्थान 11:4-10
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू