एफिसी 6:19-24

एफिसी 6:19-24 सरल नेपाली

मेरो लागि पनि प्रार्थना गरिदेओ र म बोल्‍न लाग्‍दा परमेश्‍वरले मलाई वचन देऊन्, मलाई बोल्‍ने साहस मिलोस् अनि म सुसमाचारको रहस्‍य अरूलाई बुझाउन सकूँ। यही सुसमाचारको लागि नै म प्रेरित बनाइएको हुँ। प्रार्थना गरिदेओ र म कैद भए पनि मैले जसरी बोल्‍नुपर्ने हो, त्‍यसरी नै साहससँग बोलिरहन सकूँ। हाम्रा प्‍यारा भाइ र प्रभुको सेवक तुखिकसले नै मेरो बारेमा तिमीहरूलाई सबै कुरा थाहा दिनेछन्। हामीहरूले के गरिरहेका छौं, त्‍यो सुनेर तिमीहरूलाई हौसला मिलोस् भनी मैले उनलाई पठाएको हुँ। सबै विश्‍वासी दाजुभाइहरूलाई परमेश्‍वर पिता र प्रभु येशू ख्रीष्‍टले शान्‍ति, प्रेम र विश्‍वास देऊन्। प्रभु येशू ख्रीष्‍टलाई प्रेम गर्ने जतिलाई सधैँ रहने परमेश्‍वरको अनुग्रह रहोस्।

एफिसी 6 पढ्नुहोस्