सधैँ प्रार्थना गर, परमेश्वरको सहायता मागिबस। सबै समय पवित्र आत्माको शक्तिमा प्रार्थना गरिबस। यी कुरा मनमा राखी सधैँ होशियार भएर लगातार प्रार्थना गर र ख्रीष्टका पवित्र जनहरूका लागि प्रार्थना गर। मेरो लागि पनि प्रार्थना गरिदेओ र म बोल्न लाग्दा परमेश्वरले मलाई वचन देऊन्, मलाई बोल्ने साहस मिलोस् अनि म सुसमाचारको रहस्य अरूलाई बुझाउन सकूँ। यही सुसमाचारको लागि नै म प्रेरित बनाइएको हुँ। प्रार्थना गरिदेओ र म कैद भए पनि मैले जसरी बोल्नुपर्ने हो, त्यसरी नै साहससँग बोलिरहन सकूँ।
एफिसी 6 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: एफिसी 6:18-20
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू