तिमीहरू परमेश्वरका प्यारा सन्तान भएकोले उहाँजस्तै हुन खोज। ख्रीष्टले हामीलाई प्रेम गर्नुभएर मीठो बास्ना आउने धूप र बलिझैँ आफैंलाई परमेश्वरकहाँ चढाउनुभयो। त्यसै गरी तिमीहरूको जीवन पनि प्रेमको अधीनमा होस्। ख्रीष्टका पवित्र जनहरू भएकोले तिमीहरूको माझमा व्यभिचार, लोभ, लालच र सबै किसिमका अशुद्ध कुराको नाउँ पनि उठ्नुहुँदैन। अश्लील, मूर्ख र खराब वचनहरू तिमीहरूको मुखमा सुहाउँदैन। तर तिमीहरूले त परमेश्वरलाई धन्यवाद दिइरहनुपर्छ।
एफिसी 5 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: एफिसी 5:1-4
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू