परमप्रभु भन्नुहुन्छ, “ती दिनहरू आउँदै छन्, जब अन्न बटुल्ने कामभन्दा त्यसको उब्जनी चाँडै हुनेछ र दाखमद्य बनाउने कामभन्दा दाख चाँडो उब्जनेछ। पर्वतहरूबाट मीठो दाखमद्य चुहुनेछ र डाँडामाथि बहनेछ। म मेरा प्रजालाई तिनीहरूका देशमा फर्काई ल्याउनेछु, तिनीहरूले आफ्ना भत्केका सहरहरू फेरि बनाउनेछन् र त्यहाँ बसोबास गर्नेछन्। तिनीहरूले दाखबारीमा दाख लाउनेछन् र दाखमद्य पिउनेछन्। तिनीहरूले बगैँचामा फलका रूखहरू लगाउनेछन् र तिनीहरूका फल खानेछन्।
आमोस 9 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: आमोस 9:13-14
7 दिनहरू
एक जातिका रूपमा इस्राएललाई युगौंदेखि घृणा गरिएको छ । इस्राएलको भूमिमा प्रवेश गर्नुभन्दा पहिले नै, राजा बालाले तिनीहरूलाई सराप दिन बालाम अगमवक्तालाई ज्यालामा लिएका थिए । पछि हामानले यहूदीहरूलाई नष्ट गर्न खोज्यो । शताब्दीयौंदेखि यहूदी-विरोधी मतले विभिन्न रूप लिएको छ । दुर्भाग्यवश, यस्तो भावना प्रायः चर्च भित्रबाटै बढेको थियो । इस्राएलप्रतिको यो घृणा कहाँबाट आउँछ ?
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू