प्रेरित 8:36-40
प्रेरित 8:36-40 सरल नेपाली
बाटोमा जाँदाजाँदै तिनीहरू केही पानी भएको ठाउँमा आइपुगे। यी नपुंसकले फिलिपलाई भने, “यहाँ पानी रहेछ! के मलाई बप्तिस्मा लिन अब कुनै कुराले रोक्ला?” [फिलिपले तिनलाई भने, “हृदयदेखि नै विश्वास गर्नुहुन्छ भने तपाईंले बप्तिस्मा लिन सक्नुहुन्छ।” “हो, येशू ख्रीष्ट परमेश्वरको पुत्र हुनुहुन्छ भनेर म विश्वास गर्छु,” ती मानिसले जवाफ दिए।] उनले रथ रोक्न लगाए र उनीहरू दुवै झरेर पानी भएको ठाउँमा गए र फिलिपले उनलाई बप्तिस्मा दिए। उनीहरू पानीबाट बाहिर निस्केपछि प्रभुको आत्माले फिलिपलाई समातेर लानुभयो र ती नपुंसकले फिलिपलाई फेरि देखेनन् अनि तिनी हर्षले गद्गद् भएर आफ्नो बाटो लागे। उता फिलिपले आफैंलाई अश्दोद सहरमा पाए। तिनी कैसरिया सहर नपुगुञ्जेलसम्म सहर-सहर हुँदै सुसमाचार प्रचार गर्दै गए।


