प्रेरित 8:36-40

प्रेरित 8:36-40 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

अनि उनीहरू बाटोमा जाँदाजाँदै केही पानी भएको एउटा ठाउँनेर आइपुगे। ती नपुंसकले भने, “हेर्नुहोस्, यहाँ पानी रहेछ, मलाई बप्‍तिस्‍मा हुनदेखि केले रोक्‍न सक्‍छ?” [ फिलिपले भने, “यदि सारा हृदयले नै विश्‍वास गर्नुहुन्‍छ भने तपाईंले बप्‍तिस्‍मा लिन सक्‍नुहुन्‍छ।” तिनले जवाफ दिए “येशू ख्रीष्‍ट नै परमेश्‍वरका पुत्र हुनुहुन्‍छ भनी म विश्‍वास गर्दछु।”] तिनले रथ रोक्‍ने आज्ञा दिए, अनि फिलिप र ती नपुंसक दुवै पानीमा ओर्ले, र उनले तिनलाई बप्‍तिस्‍मा दिए। तर जब उनीहरू पानीबाट बाहिर उक्‍लिआए, तब प्रभुका आत्‍माले फिलिपलाई पक्रेर लैजानुभयो, र ती नपुंसकले उनलाई फेरि देखेनन्, र ती रमाउँदै आफ्‍नो बाटो लागे। तर फिलिप अश्‍दोदमा देखा परे, र कैसरिया नपुगुञ्‍जेल सबै सहरहरूमा सुसमाचार सुनाउँदै गए।

शेयर गर्नुहोस्
प्रेरित 8 पढ्नुहोस्

प्रेरित 8:36-40 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

तिनीहरू बाटोमा जाँदै गर्दा केही पानी भएको ठाउँमा आइपुगे; अनि नपुंसकले भने, “हेर्नुहोस्, यहाँ पानी रहेछ, मेरो बप्‍तिस्मा किन यहीँ गरिदिनुहुन्‍न?” फिलिपले भने, “यदि सारा हृदयले नै विश्‍वास गर्नुहुन्छ भने तपाईंले बप्‍तिस्मा लिन सक्नुहुन्छ।” तिनले जवाफ दिए, “येशू ख्रीष्‍ट नै परमेश्‍वरका पुत्र हुनुहुन्छ भनी म विश्‍वास गर्दछु।” अनि तिनले रथ रोक्न हुकुम दिए; अनि फिलिप र ती नपुंसक दुवै पानीभित्र पसे, र फिलिपले तिनलाई बप्‍तिस्मा दिए। जब तिनीहरू पानीबाट बाहिर आए, तब प्रभुको आत्माले फिलिपलाई अकस्मात् लिएर जानुभयो, र त्यसपछि ती नपुंसकले फिलिपलाई फेरि देखेनन्। अनि तिनी आनन्दित हुँदै आफ्नो बाटो लागे। तर फिलिपले आफूलाई अश्दोदमा पाए। अनि त्यहाँबाट कैसरिया नपुगुन्जेलसम्म बाटोमा पर्ने सबै सहरहरूमा सुसमाचार प्रचार गरे।

शेयर गर्नुहोस्
प्रेरित 8 पढ्नुहोस्

प्रेरित 8:36-40 पवित्र बाइबल (NERV)

उनीहरू बाटोमा गइरहेको बेला पानी भएको ठाउँमा पुगे। अधिकारीले भन्यो, “हेर! यहाँ पानी छ! कसले मलाई बप्तिस्मा लिन देखि रोक्न सक्छ?” त्यसपछि अधिकारीले रथ थाम भनेर आदेश गर्यो। दुवै फिलिप र अधिकारी पानी भए तिर ओर्लिए अनि फिलिपले तिनलाई बप्तिस्मा दिए। जब तिनीहरू पानी बाहिर आए प्रभुको आत्मा फिलपबाट खोसियो अधिकारीले उनलाई फेरि कहिल्यै पनि देखेन्। अधिकारी आफ्नो घरको बाटो लागे। उनी खुशी थिए। तर फिलिप अश्दोदको शहरमा देखा परे। उनी सिजरियाको शहर तिर गइरहैका थिए। अश्दोददेखि सिजरिया जाँदा बाटामा पर्ने प्रत्येक शहरमा उनले सुसमाचार प्रचार गरे।

शेयर गर्नुहोस्
प्रेरित 8 पढ्नुहोस्

प्रेरित 8:36-40 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

बाटोमा जाँदाजाँदै तिनीहरू केही पानी भएको ठाउँमा आइपुगे। यी नपुंसकले फिलिपलाई भने, “यहाँ पानी रहेछ! के मलाई बप्‍तिस्‍मा लिन अब कुनै कुराले रोक्‍ला?” [फिलिपले तिनलाई भने, “हृदयदेखि नै विश्‍वास गर्नुहुन्‍छ भने तपाईंले बप्‍तिस्‍मा लिन सक्‍नुहुन्‍छ।” “हो, येशू ख्रीष्‍ट परमेश्‍वरको पुत्र हुनुहुन्‍छ भनेर म विश्‍वास गर्छु,” ती मानिसले जवाफ दिए।] उनले रथ रोक्‍न लगाए र उनीहरू दुवै झरेर पानी भएको ठाउँमा गए र फिलिपले उनलाई बप्‍तिस्‍मा दिए। उनीहरू पानीबाट बाहिर निस्‍केपछि प्रभुको आत्‍माले फिलिपलाई समातेर लानुभयो र ती नपुंसकले फिलिपलाई फेरि देखेनन् अनि तिनी हर्षले गद्‌गद् भएर आफ्‍नो बाटो लागे। उता फिलिपले आफैंलाई अश्‍दोद सहरमा पाए। तिनी कैसरिया सहर नपुगुञ्‍जेलसम्‍म सहर-सहर हुँदै सुसमाचार प्रचार गर्दै गए।

शेयर गर्नुहोस्
प्रेरित 8 पढ्नुहोस्