प्रेरित 7:57-60
प्रेरित 7:57-60 सरल नेपाली
त्यत्तिकैमा तिनीहरूले जोडले कराउँदै आ-आफ्ना कान थुने र सबै उनीमाथि जाइलागे। तिनीहरूले स्तिफनसलाई ढुङ्गाले हानेर मार्न सहरदेखि घिस्याउँदै बाहिर निकाले। साक्षीहरूले आ-आफ्नो कोट फुकालेर शाऊल भन्ने ठिटाको जिम्मा लगाई स्तिफनसलाई ढुङ्गाले हिर्काउन लागे। तिनीहरूले ढुङ्गाले हिर्काइरहँदा स्तिफनसले प्रभुलाई पुकार्दै भने, “हे प्रभु येशू, मेरो आत्मालाई लिनुहोस्।” त्यसपछि उनले घुँडा टेकेर ठूलो सोर निकालेर भने, “हे प्रभु, यो पाप यिनीहरूलाई नलागोस्!” यति भनेर उनले आफ्नो प्राण त्यागे।

