प्रेरित 3:18-20

प्रेरित 3:18-20 सरल नेपाली

ख्रीष्‍टले दु:ख भोग्‍नुपर्छ भनी परमेश्‍वरले धेरै अघिदेखि अगमवक्ताहरूद्वारा भन्‍नुभएको कुरालाई उहाँले यसरी पूरा गर्नुभयो। अब तपाईंहरू आ-आफ्‍ना पापलाई मानिलिएर परमेश्‍वरकहाँ फर्कनुहोस् र उहाँले तपाईंहरूको सबै पाप मेटिदिनुहुनेछ। यसरी तपाईंहरूले परमेश्‍वरबाट आत्‍मामा शान्‍ति र शक्ति पाउनुहुनेछ। परमेश्‍वरले तपाईंहरूका निम्‍ति चुन्‍नुभएको मुक्ति दिनुहुने राजा ख्रीष्‍टलाई फेरि पठाइदिनुहुनेछ। उहाँ त येशू नै हुनुहुन्‍छ।

प्रेरित 3 पढ्नुहोस्

प्रेरित 3:18-20 को लागि भिडियो