प्रेरित 22:1-5

प्रेरित 22:1-5 सरल नेपाली

“दाजुभाइ तथा बुबाहरू हो, तपाईंहरूको अगाडि मैले मेरो पक्षमा भन्‍नुपर्ने कुरा अब सुन्‍नुहोस्।” पावलले हिब्रू भाषामा बोलेको सुनेर सबै मानिसहरू चुपचाप लागे। पावलले भने, “म किलिकियाको टार्सस सहरमा जन्‍मिएको यहूदी हुँ, तर म यही यरूशलेम सहरमा हुर्केर गुरु गमलियलको चरणमा हुर्किएँ। हाम्रा पिता-पुर्खादेखि नै मान्‍दै आएको धर्मशास्‍त्रको शिक्षा मैले राम्रोसँग सिकेको छु। आज तपाईंहरूले परमेश्‍वरप्रति जति उत्‍साह देखाउनुभएको छ, मैले पनि त्‍यत्तिकै उत्‍साह देखाएको थिएँ। मैले मुक्तिको बाटोमा लागेका मानिसहरूलाई मर्नेसम्‍म गरी सताएको थिएँ। मैले पुरुष र स्‍त्रीहरूलाई पक्रेर थुन्‍न लगाएको थिएँ। यी मैले भनेका कुरा साँचो हुन् भनेर प्रधान पूजाहारी र हाम्रो महासभाका सदस्‍यहरूले पनि भन्‍न सक्‍नुहुन्‍छ। उहाँहरूले नै मलाई दमस्‍कसमा हुने यहूदी दाजुभाइहरूको नाउँमा पत्र दिनुभयो र त्‍यस पत्रमा मलाई प्रभु येशूमा विश्‍वास गर्ने जनहरूलाई पक्रिने अधिकार मिलेको थियो। यसैकारण तिनीहरूलाई यरूशलेममा ल्‍याएर सजाय दिने उद्देश्‍यले म दमस्‍कस गएँ।

प्रेरित 22 पढ्नुहोस्

प्रेरित 22:1-5 को लागि भिडियो