प्रेरित 11:17-18

प्रेरित 11:17-18 सरल नेपाली

हामीले प्रभु येशू ख्रीष्‍टमा विश्‍वास गर्‍यौं र परमेश्‍वरबाट पवित्र आत्‍मा पायौं। त्‍यसै गरी ती अन्य-जातिहरूले पनि उहाँमाथि विश्‍वास गरेर उहाँबाट नै पवित्र आत्‍मा पाए। यसरी परमेश्‍वर आफैंले पवित्र आत्‍मा दिनुहुन्‍छ भने मैले उहाँलाई कसरी रोक्‍ने?” यो कुरा सुनेपछि प्रभुमा विश्‍वास गर्ने यहूदी दाजुभाइहरूले पत्रुसलाई दोष लगाउन छोडे र “परमेश्‍वरतिर फर्कने र बाँच्‍ने मौका अरू जातिका मानिसहरूलाई पनि दिनुभएछ,” भनेर परमेश्‍वरको प्रशंसा गरे।

प्रेरित 11 पढ्नुहोस्

प्रेरित 11:17-18 को लागि भिडियो