२ शमूएल 7:8-13

२ शमूएल 7:8-13 सरल नेपाली

“यसर्थ मेरो सेवक दाऊदलाई यसो भन् कि म सर्वशक्तिमान् परमप्रभुले त्‍यसलाई भन्‍दै छु, ‘मैले तँलाई भेडाका खर्कबाट लिएर मेरो प्रजा इस्राएलको राजा बनाएँ। तँ जहाँ गईस्, त्‍यहाँ म तँसित गएँ र तँ अघि बढिरहेको समयमा तेरा सबै शत्रुहरूलाई हराएँ। म तँलाई पृथ्‍वीको महान् अगुवासमान प्रसिद्ध बनाउनेछु। मैले आफ्‍नो प्रजा इस्राएलको निम्‍ति एउटा ठाउँ चुनेको छु र उनीहरूलाई त्‍यहाँ बसालेको छु र त्‍यहाँ उनीहरू अब उसो कसैबाट आउने अत्‍याचारबिना बास गर्नेछन्। उनीहरू यस स्‍थानमा पसेको दिनदेखि उनीहरूलाई डरलाग्‍दा जातिले आक्रमण गरेका छन्, तर फेरि त्‍यस्‍तो हुनेछैन। म तँलाई तेरा सबै शत्रुहरूबाट सुरक्षित राख्‍ने र तँलाई सन्‍तानहरू दिने प्रतिज्ञा गर्दछु। जब तँ मरेर तेरा पुर्खाहरूसित गाडिनेछस्, तेरो एउटा छोरालाई राजा बनाउनेछु र त्‍यसको राज्‍यलाई शक्तिशाली बनाउनेछु। त्‍यसले मेरो निम्‍ति एउटा मन्‍दिर बनाउनेछ। त्‍यसको वंश सदासर्वदा रहिरहनेछ। त्‍यो म पक्‍का गर्नेछु।

२ शमूएल 7 पढ्नुहोस्