२ शमूएल 11:1-3

२ शमूएल 11:1-3 सरल नेपाली

त्‍यसको पछि बसन्‍त ऋतुमा जब राजाहरू लडाइँ गर्नलाई जान्‍थे, दाऊदले योआबलाई आफ्‍नो अधिकृत र इस्राएली सेनाका साथ लडाइँ गर्न पठाए। योआब गई अम्‍मोनीहरूलाई जिते र रब्‍बा सहरलाई घेरा हाले। तर दाऊद आफैंचाहिँ यरूशलेममा नै बसे। एक दिन बेलुकीपख दाऊद सुतेर उठे र महलको कौसीमा गए। त्‍यहाँ डुल्‍दैगर्दा तिनले एउटी स्‍त्रीलाई नुहाइरहेकी देखे। तिनी अति सुन्‍दरी थिइन्। तिनी को हुन् भनी बुझ्‍न दाऊद राजाले एउटा मानिस पठाए र तिनी एलीआमकी छोरी र हित्ती उरियाहकी स्‍वास्‍नी बतशेबा हुन् भनी पत्ता लाए।

२ शमूएल 11 पढ्नुहोस्