२ शमूएल 11:1-3
२ शमूएल 11:1-3 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
बसन्त ऋतुमा जब राजाहरू लड़ाइँ गर्नलाई निस्कन्छन्, दाऊदले योआब र आफ्ना अरू अधिकृतहरू र सबै इस्राएलका फौजलाई पठाए, र तिनीहरूले अम्मोनीहरूलाई ध्वंस पारे, र रब्बालाई घेरे। तर दाऊदचाहिँ यरूशलेममा नै रहे। एक बेलुकी दाऊद पलङ्गबाट उठेर महलको कौसीमाथि घुमिरहेका बेलामा तिनले एउटी स्त्रीलाई नुहाइरहेकी देखे, अनि तिनी अति सुन्दरी थिइन्। तिनी को हुन् भनी सोधपूछ गर्नलाई तिनले मानिस पठाए, र यस्तो खबर आयो, “के तिनी एलीआमकी छोरी हित्ती उरियाहकी पत्नी बतशेबा होइनन् र?”
२ शमूएल 11:1-3 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
बसन्त ऋतुको समयमा जब शासकहरू युद्ध गर्नलाई जान्थे, तब दावीदले राजाका मानिसहरू र इस्राएलका सम्पूर्ण सेनाको साथमा योआबलाई पठाए। तिनीहरूले अम्मोनीहरूलाई नाश गरे, र रब्बा सहरलाई घेरे। तर दावीदचाहिँ यरूशलेममै बसे। एक साँझ दावीद आफ्नो ओछ्यानबाट उठे, र राजमहलको कौसीमा डुल्दै थिए। कौसीबाट तिनले एउटी स्त्रीलाई नुहाइरहेकी देखे। ती स्त्री अति सुन्दर थिइन्। दावीदले तिनको बारेमा बुझ्नलाई एउटा मानिसलाई पठाए। त्यस मानिसले भन्यो, “तिनी एलीआमकी छोरी, हित्ती उरियाहकी पत्नी बतशेबा हुन्।”
२ शमूएल 11:1-3 पवित्र बाइबल (NERV)
बसन्त ऋतुको समय जब राजाहरू युद्धका निम्ति बाहिर आए र दाऊदले योआब, तिनका अधिकारीहरू र सारा इस्राएली सैनिकहरूलाई अम्मोनीहरू नष्ट गर्न पठाउनु भयो। योआबका सेनाहरूले तिनीहरूको राजधानी रब्बा शहरमा पनि आक्रमण गरे। तर दाऊद यरूशलेममा नै बसे। साँझमा तिनी ओछ्यानबाट उठे र राजभवनको कौशिमा टहल्नथाले। त्यहि समय दाऊदले कौशिबाट एउटी स्त्रीलाई नुहाउँदै गरेको देखे। तिनी साह्रै सुन्दरी थिईन्। त्यसैकारण दाऊदले तिनको विषयमा जान्नका निम्ति आफ्ना अधिकारीहरू पठाए। एकजना अधिकारीले बुझेर खबर दिए, “त्यो स्त्री एलीआमको छोरी र हित्तीका उरियाहकी पत्नी बेतशेबा हुन्।”
२ शमूएल 11:1-3 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
त्यसको पछि बसन्त ऋतुमा जब राजाहरू लडाइँ गर्नलाई जान्थे, दाऊदले योआबलाई आफ्नो अधिकृत र इस्राएली सेनाका साथ लडाइँ गर्न पठाए। योआब गई अम्मोनीहरूलाई जिते र रब्बा सहरलाई घेरा हाले। तर दाऊद आफैंचाहिँ यरूशलेममा नै बसे। एक दिन बेलुकीपख दाऊद सुतेर उठे र महलको कौसीमा गए। त्यहाँ डुल्दैगर्दा तिनले एउटी स्त्रीलाई नुहाइरहेकी देखे। तिनी अति सुन्दरी थिइन्। तिनी को हुन् भनी बुझ्न दाऊद राजाले एउटा मानिस पठाए र तिनी एलीआमकी छोरी र हित्ती उरियाहकी स्वास्नी बतशेबा हुन् भनी पत्ता लाए।