२ कोरिन्थी 1:8-11

२ कोरिन्थी 1:8-11 सरल नेपाली

भाइ हो, एशियामा हामीले भोगेको दु:खको बारेमा म तिमीहरूलाई सम्‍झना गराउन चाहन्‍छु। त्‍यहाँ हामीले यति साह्रो दु:ख पायौं, हामी बाँचौंला भन्‍ने आशै थिएन। हामीलाई त अब ‘लौ, मर्ने बेला नै आइसकेछ’ भन्‍नेजस्‍तो लागेको थियो। आफैंमा भर पर्न होइन तर मरेकाहरूलाई नै बिउँताउनुहुने परमेश्‍वरमा मात्रै भर पर्न सकौं भनेर यस्‍तो भएको रहेछ। उहाँले हामीलाई मृत्‍युको मुखबाट बचाउनुभयो र बचाउनुहुन्‍छ पनि। हामीले उहाँमा पूरा आशा राखेका छौं कि उहाँले हामीलाई फेरि पनि बचाउनुहुनेछ। यसको लागि तिमीहरूको प्रार्थनाको सहायता हामीलाई चाहिन्‍छ। यसरी प्रार्थना गर्दा हाम्रा निम्‍ति चढाएका धेरै प्रार्थनाहरूको उत्तरमा परमेश्‍वरले हामीलाई आशीर्वाद दिनुहुनेछ र धेरैले हाम्रो लागि धन्‍यवाद दिनेछन्।

२ कोरिन्थी 1 पढ्नुहोस्