१ तिमोथी 4:12-16

१ तिमोथी 4:12-16 सरल नेपाली

तन्‍नेरी भएको कारणले कसैले पनि तिमीलाई हेंला गर्न नपाओस्। तर तिम्रो बोली-वचन, चालचलन, प्रेम, विश्‍वास र शुद्धतामा तिमी एउटा नमुना बन्‍न सक। म नआउञ्‍जेल तिमीले मानिसहरूलाई धर्मशास्‍त्र पढेर सुनाऊ, साहस देऊ र शिक्षाहरू दिने गर। तिमीले पाएको दानलाई हेलचेक्र्याइँ नगर। त्‍यो दान अगमवक्ताले बोल्‍दा र मण्‍डलीका धर्म-गुरुहरूले तिमीमाथि हात राख्‍दा तिमीलाई मिलेको दान हो। तिम्रो सम्पूर्ण ध्‍यान र भएभरको शक्ति यिनै सिकाएका कुराहरूमा लगाऊ र तिमीले गरेको उन्‍नति सबैले देखून्। आफ्‍नो बारेमा र आफूले दिएको शिक्षाको बारेमा राम्ररी चनाखो होऊ। यी कुरामा लागिरह्यो भने आफू र आफ्‍ना कुरा सुन्‍नेहरू दुवै थरीले मुक्ति पाउनेछन्।

१ तिमोथी 4 पढ्नुहोस्