१ थेसलोनिकी 4:9-10

१ थेसलोनिकी 4:9-10 सरल नेपाली

विश्‍वासी दाजुभाइहरूमा प्रेम गर्ने बारेमा त तिमीहरूलाई कुनै कुरो लेख्‍नुपर्दैन। परमेश्‍वर आफैंले तिमीहरूलाई आपसमा प्रेम गर्न सिकाउनुभएको छ। तिमीहरूले साँच्‍चै सारा माकेडोनियाका दाजुभाइहरूलाई त्‍यसै गरी प्रेम पनि गरेका छौ। अझै बढी मात्रामा प्रेम गर्दैजाओ भनेर हामी तिमीहरूलाई हौसला दिंदछौं।