१ थेसलोनिकी 2:17-20

१ थेसलोनिकी 2:17-20 सरल नेपाली

दाजुभाइहरू, तिमीहरूबाट छुट्टिएर एक छिन शरीरमा देख्‍न नपाए पनि मन-विचारमा छुट्टिएका छैनौं। हाम्रो तिमीहरूलाई फेरि भेट्‍ने धेरै ठूलो इच्‍छा छ। हामी तिमीहरूकहाँ आउन खोज्‍यौं। म पावल चाहिँ घरीघरी आउन निक्‍कै कोसिस गरें तर शैतानले हामीलाई आउनै दिएन। हाम्रा प्रभु येशू ख्रीष्‍ट आउनुहुने दिनमा हाम्रो आशा, आनन्‍द, घमण्‍ड गर्ने मुकुट जे भने पनि तिमीहरू नै हौ, होइन र? साँच्‍चै तिमीहरू नै हाम्रो आनन्‍द र सम्‍मान् हौ।