शाऊल र दाऊदको बातचित सकियो। त्यस दिनपछि शाऊलको छोरा जोनाथन दाऊदसँग आत्मामा एक भए र तिनले दाऊदलाई आफैंलाई झैँ प्रेम गर्न लागे। त्यस दिनदेखि शाऊलले दाऊदलाई आफ्नोसाथमा राखे र घर फर्कन दिएनन्। दाऊदलाई गहिरो प्रेम गर्न लागेकोले जोनाथनले तिनीसित सदासर्वदा मित्रता राख्ने किरिया खाए। आफूले लगाएको लबेदा खोलेर तिनले दाऊदलाई दिए साथै आफ्ना तरवार, धनु र पेटी पनि तिनलाई दिए। शाऊलले गर्न पठाएका हरेक विशेष काममा दाऊद सफल भए र शाऊलले तिनलाई आफ्ना सेनामा अधिकृत नियुक्त गरे। त्यसो भएपछि शाऊलका सारा सैनिक वर्ग र अधिकृतहरू खुसी भए। जब दाऊद गोल्यतलाई मारेर फर्किरहेका थिए अनि सिपाहीहरू घर फर्किरहेका थिए, तब सबै सहरहरूबाट स्त्रीहरू शाऊल राजालाई भेट्न निस्किआए। तिनीहरू आनन्दले गाउँदै, नाच्दै र वीणा, खैँजडी बजाउँदै थिए। प्रशंसा गर्दै तिनीहरूले यसरी गाउँदै थिए, “शाऊलले हजार-हजारलाई मारे; तर दाऊदले लाख-लाखलाई मारे।” त्यो शाऊललाई मन परेन र तिनी औधी रिसाए। तिनले भने, “दाऊदको लागि तिनीहरूले लाख-लाख मार्यो भन्ने दाबी गर्दै छन्; तर मलाई चाहिँ हजार-हजार मात्र। अर्को पालि त तिनीहरूले उनलाई राजा पनि बनाउलान् नि!” र त्यस दिनदेखि तिनले दाऊदसँग ईर्ष्या र शङ्का गर्न लागे। भोलिपल्ट परमेश्वरतर्फको एउटा दुष्टात्माले शाऊललाई पक्र्यो र तिनी घरैमा पागलजस्तो चिच्च्याउन लागे। दाऊद हरेक दिनझैँ वीणा बजाइरहेका थिए। शाऊलले हातमा भाला लिएका थिए। “म त्यसलाई भित्तैमा टाँसिदिनेछु,” भनी शाऊलले मनमा सोचेर दुईपल्ट दाऊदलाई भालाले हाने र दुवैपल्ट तिनी छलिएर बाँचे। शाऊल दाऊदसित डराउँथे किनभने परमप्रभु उनीसित हुनुहुन्थ्यो; तर शाऊललाई चाहिँ त्याग्नुभएको थियो। यसकारण शाऊलले दाऊदलाई दरबारबाट निकालेर हजार सैनिकहरूमाथि कप्तान नियुक्त गरिपठाए। दाऊदले आफ्ना सैनिकहरूलाई लडाइँमा अगुवाइ गरे
१ शमूएल 18 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: १ शमूएल 18:1-13
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू