१ कोरिन्थी 7:17-24
१ कोरिन्थी 7:17-24 सरल नेपाली
परमेश्वरले नै तिमीहरूलाई छान्नुभएको हो अनि वरदान पनि उहाँले नै दिनुभएको हो। तिमीहरू हरेकले त्यसैअनुसार जिउनुपर्छ। मैले सबै मण्डलीलाई सिकाएको शिक्षा पनि यही हो। शरीरमा खतना लाउने मानिस छानिएको छ भने उसले त्यस चिन्हलाई मेट्ने कोसिस नगरोस्। खतना नभएको मानिसलाई परमेश्वरले बोलाउनुभएको भए उसले पनि खतना लाउने कोसिस नगरोस् किनभने खतना हुनु र नहुनुमा केही फरक छैन। परमेश्वरको आज्ञा मान्नु मुख्य कुरा हो। जस्तो अवस्थामा परमेश्वरले बोलाउनुभएको छ, त्यस्तै अवस्थामा ऊ होस्। परमेश्वरले बोलाउनुहुँदा तिमी कमारा थियौ भने धन्दा नमान, तर यदि तिमीलाई स्वतन्त्र हुने मौका मिल्छ भने स्वतन्त्र होओ किनभने कमाराचाहिँ प्रभुको स्वतन्त्र मानिस हुन छानियो र त्यसै गरी स्वतन्त्र मानिसचाहिँ ख्रीष्टको कमारो हुन रोजियो। परमेश्वरले तिमीहरूलाई मोल हालेर किन्नुभएको हो। यसकारण मानिसको कमारो नहोओ। त्यसकारण भाइहरू, जस्तो अवस्थामा परमेश्वरले तिमीहरूलाई छान्नुभएको छ, त्यस्तै अवस्थामा परमेश्वरसँग बस।

