१ इतिहास 28:19-21

१ इतिहास 28:19-21 सरल नेपाली

दाऊद राजाले भने, “परमप्रभु आफैंले कसरी काम गर्नू भनी मलाई दिनुभएको ज्ञानअनुसार लेखिएका योजनाभित्र यी कुराहरू छन्।” दाऊद राजाले आफ्‍ना छोरा सोलोमनलाई भने, “भरोसा राख र सङ्कल्‍प गर। काम सुरु गर र केही कुराले त्‍यसलाई रोक्‍न नदेऊ। परमप्रभु परमेश्‍वर, जसको म सेवा गर्दछु, तिमीसित रहनुहुनेछ। उहाँले तिमीलाई त्‍याग्‍नुहुन्‍न र मन्‍दिर बनाउन गर्नुपर्ने काम तिमीले नसकेसम्‍म उहाँ तिमीसित रहनुहुनेछ। पूजाहारी र लेवीहरूको मन्‍दिरमा गर्नुपर्ने कामहरू तिनीहरूलाई खटाइएका छन्। सबै प्रकारका सीप भएका काम गर्ने मानिसहरू तिमीलाई सहायता गर्न उत्‍सुक छन् र तिनीहरूका अगुवाहरू तिम्रा आज्ञा मान्‍न तयार छन्।”

१ इतिहास 28 पढ्नुहोस्