सपन्‍याह 3:16-17

सपन्‍याह 3:16-17 NNRV

त्‍यस दिन यरूशलेमलाई तिनीहरूले यसो भन्‍नेछन्, “तँ नडरा, हे सियोन। तेरा हात ढीला हुन नपाऊन्‌। परमप्रभु तेरा परमेश्‍वर तँसित हुनुहुन्‍छ। उहाँ बचाउनलाई सामर्थी हुनुहुन्‍छ। उहाँ तँसित अत्‍यन्‍तै आनन्‍दित हुनुहुन्‍छ। उहाँले आफ्‍नो प्रेममा तँलाई शान्‍त पार्नुहुनेछ। गीत गाएर उहाँ तेरा बारेमा रमाउनुहुनेछ।