सपन्‍याह 1:2-7

सपन्‍याह 1:2-7 NNRV

“पृथ्‍वीबाट म सबै थोक ध्‍वंस पार्नेछु,” परमप्रभु घोषणा गर्नुहुन्‍छ। “मानिसहरू र पशुहरू दुवैलाई म ध्‍वंस पार्नेछु। आकाशका पक्षीहरू, समुद्रका माछाहरूलाई म ध्‍वंस पार्नेछु। म पृथ्‍वीबाट मानिस-जातिलाई नष्‍ट पार्नेछु, र दुष्‍टहरूका निम्‍ति ढुङ्गाको रास मात्र हुनेछ,” परमप्रभु घोषणा गर्नुहुन्‍छ। “म यहूदाको विरुद्धमा र यरूशलेममा बस्‍नेहरू सबैका विरुद्धमा मेरो हात पसार्नेछु। यस ठाउँबाट बाल देवताका बचेको हरेकलाई, मूर्ति र देवता पुज्‍ने पूजाहारीहरूको नाउँनिशानै मेटिदिनेछु। घरका कौसीहरूमाथि नक्षत्रहरूको पूजा गर्नेहरूलाई, परमप्रभुको र मोलोखको पनि शपथ खाँदै निहुरनेहरूलाई, परमप्रभुको पछि लाग्‍न छोड़ेर फर्किजानेहरूलाई, र परमप्रभुको खोजी पनि नगर्ने न त उहाँको विषयमा सोधपूछ गर्नेहरूलाई समेत म नष्‍ट पार्नेछु। परमप्रभु परमेश्‍वरको सामु चूप लाग, किनभने परमप्रभुको दिन नजिकै छ। परमप्रभुले एउटा बलिदान तयार पार्नुभएको छ, र आफूले निम्‍त्‍याउनुभएका पाहुनाहरूलाई उहाँले पवित्र पार्नुभएको छ।