जकरिया 9:9-13

जकरिया 9:9-13 NNRV

हे सियोनकी छोरी, खूब रमाऊ। हे यरूशलेमकी छोरी, जोडसित कराऊ! हेर, तिम्रा राजा तिमीकहाँ आउँदैहुनुहुन्‍छ। उहाँ धर्मात्‍मा र मुक्तिदाता हुनुहुन्‍छ। उहाँ भला हुनुहुन्‍छ, र गधामाथि, अर्थात्‌ गधाको बच्‍चा एउटा बछेड़ामाथि सवार भएर आउँदैहुनुहुन्‍छ। म एफ्राइमबाट रथहरू र यरूशलेमबाट जङ्गीघोड़ाहरू लैजानेछु, र लड़ाइँको धनु भाँचिनेछ। उहाँले जाति-जातिहरूलाई शान्‍तिको घोषणा गर्नुहुनेछ। उहाँको राज्‍य समुद्रदेखि समुद्रसम्‍मै र यूफ्रेटिस नदीदेखि पृथ्‍वीको अन्‍तसम्‍मै हुनेछ। तँसित बाँधेको रगतको मेरो करारको कारणले म तेरा कैदीहरूलाई पानी नभएको खाड़लबाट मुक्त गरिदिनेछु। हे आशावादी कैदी हो, आफ्‍नो किल्‍लामा फर्केर जाओ। तिमीहरूलाई दोबर दिनेछु भनी अब म तिमीहरूलाई घोषणा गर्दैछु। म यहूदालाई मेरो धनुलाई झैँ नुहाउनेछु, र त्‍यसलाई एफ्राइमले भरिदिनेछु। हे सियोन, तेरा छोराहरूलाई म ग्रीसका छोराहरूका विरुद्धमा सुर्‍याउनेछु, र म तँलाई वीर मानिसको तरवारझैँ तुल्‍याउनेछु।