जकरिया 8:12-13

जकरिया 8:12-13 NNRV

“बीउ राम्ररी उब्‍जनेछ, दाखको बोटले फल दिनेछ, जमिनले त्‍यसको अन्‍न उब्‍जाउनेछ, र आकाशले शीत झार्नेछ। म यस प्रजाको बाँकी रहेका मानिसहरू यी सबै कुरा उत्तराधिकारको रूपमा दिनेछु। हे यहूदा र इस्राएल हो, जसरी तिमीहरू जाति-जातिहरूका बीचमा अभिशाप भएका थियौ, यसरी म तिमीहरूलाई बचाउनेछु र तिमीहरू आशिष्‌को कारण हुनेछौ। नडराओ, तर तिमीहरूका हात बलिया होऊन्‌।”