जकरिया 4:4-10

जकरिया 4:4-10 NNRV

तब मसित कुरा गर्ने ती स्‍वर्गदूतलाई मैले सोधें, “हे मेरा प्रभु, यी के हुन्‌?” तिनले जवाफ दिए, “यी के हुन्‌ भनी तिमी जान्‍दैनौ?” मैले जवाफ दिएँ, “अँहँ, जान्‍दिनँ मेरा प्रभु।” यसैले तिनले मलाई भने, “यरुबाबेलको निम्‍ति परमप्रभुको यो वचन छ: ‘न त बलले न शक्तिले, तर मेरो आत्‍माले,’ सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्‍छ। “ए शक्तिशाली पर्वत, तँ के होस्‌ र? यरुबाबेलको सामुन्‍ने तँ मैदान हुनेछस्‌। अनि उहाँले शिर-ढुङ्गालाई ‘परमेश्‍वरले यसलाई आशिष्‌ देऊन्!’ भन्‍ने जयजयकारका साथ निकाल्‍नु हुनेछ’।” तब परमप्रभुको यो वचन मकहाँ आयो: “यस मन्‍दिरको जग यरुबाबेलका हातले बसालेका छन्, त्‍यसैका हातले त्‍यो सिद्ध‌्‌याउनेछन्‌। तब तैंले जान्‍नेछस्‌ कि सर्वशक्तिमान्‌ परमप्रभुले मलाई पठाउनुभएको हो। “साना कुराहरूको दिनलाई कसले तुच्‍छ ठान्‍छ? यरुबाबेलको हातमा तिनीहरूले साहुल देख्‍दा मानिसहरू रमाउनेछन्‌। (“यी सात वटा बत्तीचाहिँ परमप्रभुका आँखा हुन्, जसले सारा पृथ्‍वीमा यताउता हेरिरहन्‍छन्‌।”)