त्यस दिन परमप्रभुले यरूशलेमका बासिन्दाहरूको रक्षा गर्नुहुनेछ, अनि तिनीहरूमध्ये जो सबैभन्दा कमजोर छ त्यो दाऊदझैँ हुनेछ, र दाऊदको घराना परमेश्वरझैँ, र तिनीहरूका अगिअगि जाने परमप्रभुको स्वर्गदूतझैँ हुनेछ। त्यस दिन यरूशलेमको विरुद्धमा आउने सबै जाति-जातिहरूलाई सर्वनाश गर्ने मेरो युक्ति हुनेछ। “अनि म दाऊदको घराना र यरूशलेमका बासिन्दाहरूमाथि अनुग्रह र नम्र-निवेदन गर्ने आत्मा खन्याउनेछु। तिनीहरूले मलाई हेर्नेछन्, जसलाई तिनीहरूले घोचेका छन्, र जसरी एकमात्र छोराको लागि कोही शोक गर्दछ, त्यसरी नै तिनीहरू उनको लागि शोक गर्नेछन्, पहिले जन्मेको पुत्रको निम्ति गरेजस्तै शोक गर्नेछन्।
जकरिया 12 पढ्नुहोस्
सुन्नुहोस् जकरिया 12
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: जकरिया 12:8-10
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू