तीतस 1:5-9

तीतस 1:5-9 NNRV

यसैकारण मैले तिमीलाई क्रेटमा छोडें, कि मैले तिमीलाई अह्राएबमोजिम तिमीले त्‍यहाँ अपूरा कुराहरू पूरा गर्नू, र हरेक सहरमा एल्‍डरहरू नियुक्त गर्नू। एल्‍डर एउटै स्‍त्रीको पति र दोषरहित र यस्‍तो व्‍यक्ति होस्, जसका छोरा-छोरीहरू विश्‍वासी होऊन्, र चरित्रहीन र अनाज्ञाकारी नहोऊन्‌। किनभने परमेश्‍वरको कारिन्‍दा हुनुपर्ने हुनाले बिशपचाहिँ दोषरहित हुनुपर्छ। तिनी हठी वा झट्टै रीस गर्ने, वा मतवाला, वा झगड़ालु वा धनको लोभी हुनुहुँदैन, तर अतिथिसत्‍कार गर्ने, भलाइ प्रेमी, आफूलाई वशमा राख्‍ने, ईमानदार, पवित्र र संयमी हुनुपर्दछ। तिनलाई सिकाइएको विश्‍वासयोग्‍य वचनमा तिनी दह्रिलो बस्‍नुपर्छ, ताकि तिनले पक्‍का सिद्धान्‍तअनुसार शिक्षा दिन सकून्, र ती कुराहरूको खण्‍डन गर्नेहरूलाई झूटा साबित गर्न सकून्‌।