तीतस 1:1-3

तीतस 1:1-3 NNRV

परमेश्‍वरको दास र येशू ख्रीष्‍टको प्रेरित पावलबाट, परमेश्‍वरका चुनिएकाहरूको विश्‍वास र भक्तिसँग मिल्‍दो तिनीहरूका सत्‍यको ज्ञान बढ़ाउनलाई, जुन विश्‍वास र ज्ञान अनन्‍त जीवनको आशामा स्‍थिर छन्, अनि कहिल्‍यै झूट नबोल्‍नुहुने परमेश्‍वरले अनन्‍त कालदेखि प्रतिज्ञा गर्नुभयो। परमेश्‍वर हाम्रा मुक्तिदाताको आज्ञाअनुसार मलाई जिम्‍मा लाएको प्रचारद्वारा उचित समयमा उहाँले आफ्‍नो वचन प्रकट गर्नुभयो।