श्रेष्‍ठगीत 4:1-7

श्रेष्‍ठगीत 4:1-7 NNRV

मेरी प्‍यारी, तिमी साह्रै सुन्‍दरी छ्यौ! असाध्‍यै सुन्‍दरी! घुम्‍टोभित्र लुकेका तिम्रा आँखा ढुकुरजस्‍ता छन्, तिम्रा केश गिलाद डाँड़ाको भिरालोबाट झरिरहेका बाख्राको बगालजस्‍तै छ। तिम्रा दाँत भरखरै कत्रेका, नुहाएर आएका भेड़ाहरूका बथानजस्‍तै छन्‌। प्रत्‍येकको जुम्‍ल्‍याहा छ, कुनै पनि एकलो छैन। तिम्रा ओठ राता रिबनजस्‍ता छन्, तिम्रो मुख अति सुन्‍दर छ। घुम्‍टोभित्र तिम्रा गालाहरू दुई फ्‍याक परेको दारिमजस्‍तै छन्‌। तिम्रो घाँटी दाऊदको भव्‍य धरहराजस्‍तै छ। त्‍यहाँ एक हजार ढाल झुण्‍डाइएका छन्, ती सबै योद्धाहरूका ढाल हुन्‌। तिम्रा दुई स्‍तन दुई पाठाजस्‍तै छन्, लिली फूलका बीचमा चर्ने हरिणका जुम्‍ल्‍याहा पाठाजस्‍तै छन्‌। झिसमिसे बिहान नआएसम्‍म र छाया हराउँदै नगएसम्‍म, म मूर्रको पर्वतमा र धूपको डाँड़ामा जानेछु। मेरी प्‍यारी, तिमी साह्रै सुन्‍दरी छ्यौ, तिमीमा कुनै दाग छैन।