व्यापारीका सबै मसलाहरूबाट बनिएको मूर्र र धूपले सुगन्धित भएर, उजाड़-स्थानबाट धूवाँको मुस्लाजस्तै, माथि आउँदै गरेका यिनी को हुन्? हेर त! यो त सोलोमनको सवारी पालकी हो, यसलाई इस्राएलका सुयोग्य साठी जना योद्धाहरूले सुरक्षा गरी लिइ हिँड़ेका छन्, सबैले तरवार भिरेका छन्, युद्धमा ती निपुण हुन्, तिनका तरवार छेउमा छन्, रात्रिको त्रासलाई सामना गर्न। राजा सोलोमनले आफ्नै निम्ति बनाउनुभएको पालकी लेबनानबाट झिकाइएका काठबाट बनाइएको हो। उहाँले यसका डन्डा चाँदी र आधार सुनले बनाउनुभयो। यसको बस्ने आसन बैजनी वस्त्रले ढाकियो, र यसको भित्री भाग यरूशलेमका छोरीहरूले अति राम्ररी जड़ियो।
श्रेष्ठगीत 3 पढ्नुहोस्
सुन्नुहोस् श्रेष्ठगीत 3
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: श्रेष्ठगीत 3:6-10
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू