उहाँले मलाई आफ्नो मुखको चुम्बनले चुम्बन गरून्, किनभने तपाईंको प्रेम दाखमद्यभन्दा पनि उत्तम छ। तपाईंका अत्तरको बास्ना आनन्दप्रद छ, तपाईंको नाउँ खन्याइएको अत्तरझैँ छ। त्यसैकारण कन्येहरूले तपाईंलाई प्रेम गर्नु अचम्मको कुरो होइन! मलाई तपाईंसित लैजानुहोस्— हामी चाँड़ै गरौं! महाराजाले मलाई आफ्नो कोठामा ल्याउनुहोस्। हामी तपाईंमा खुशी हुनेछौं र रमाउँछौं। हामी दाखमद्यभन्दा पनि तपाईंको प्रेमको प्रशंसा गर्छौं। उनीहरू तपाईंलाई सुहाउँदो माया गर्छन्। म श्यामवर्णकी तर सुन्दरी छु, हे यरूशलेमका छोरी हो, केदारका पालहरूजस्तै कालो, र सोलोमनको पालका पर्दाजस्तै। म काली छु भनी छक्क परेर मलाई नहेर, किनकि चर्को घामले मलाई काली बनाएको हो। मेरी आमाका छोराहरू मसित रिसाएकाले मलाई दाखबारीको हेरचाह गर्ने बनाए, तर मेरै आफ्नो दाखबारीको चाहिँ मैले बेवास्ता गरेकी छु। हे मेरा प्रेमी, मलाई बताउनुहोस्, आफ्नो भेड़ाबाख्राका बगाललाई कहाँ चराउनुहुन्छ? अनि दिउँसो ती कहाँ बिसाउँछन् तपाईंका साथीहरूका बगालको छेउमा किन म घुम्टो हालेकी महिलाझैँ हुनु?
श्रेष्ठगीत 1 पढ्नुहोस्
सुन्नुहोस् श्रेष्ठगीत 1
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: श्रेष्ठगीत 1:2-7
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू