तब स्त्रीहरूले नाओमीलाई भने, “परमप्रभु धन्यका हुनुहुन्छ। किनभने आज उहाँले तपाईंलाई एउटा नजिकको नातेदारविना छोड्नुभएन। यसको नाउँ इस्राएलमा प्रसिद्ध रहोस्। यो बालक तपाईंलाई नयाँ जीवन दिने र तपाईंको बुढ़ेसकालमा तपाईंको पालनपोषण गर्ने हुनेछ। किनभने सात भाइ छोराभन्दा पनि असल भएकी, तपाईंलाई प्रेम गर्ने बुहारीले यो बालक जन्माएकी हुन्।” नाओमीले त्यस बालकलाई लिएर आफ्नो काखमा राखिन् र तिनी त्यसकी धाई पनि भइन्। तिनका छिमेकीहरूले भने, “नाओमीको एक जना छोरो भयो।” अनि उनीहरूले त्यसको नाउँ ओबेद राखे। तिनी नै यिशैका बुबा र दाऊदका बाजे थिए। फारेसको वंशावली यही हो: फारेस हेस्रोनका पिता भए। हेस्रोन आरामका पिता भए। आराम अम्मीनादाबका पिता भए। अम्मीनादाब नहशोनका पिता भए। नहशोन सल्मोनका पिता भए। सल्मोन बोअजका पिता भए। बोअज ओबेदका पिता भए। ओबेद यिशैका पिता भए। यिशै दाऊदका पिता भए।
रूथ 4 पढ्नुहोस्
सुन्नुहोस् रूथ 4
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: रूथ 4:14-22
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू