रूथ 4:14-17

रूथ 4:14-17 NNRV

तब स्‍त्रीहरूले नाओमीलाई भने, “परमप्रभु धन्‍यका हुनुहुन्‍छ। किनभने आज उहाँले तपाईंलाई एउटा नजिकको नातेदारविना छोड्‌नुभएन। यसको नाउँ इस्राएलमा प्रसिद्ध रहोस्‌। यो बालक तपाईंलाई नयाँ जीवन दिने र तपाईंको बुढ़ेसकालमा तपाईंको पालनपोषण गर्ने हुनेछ। किनभने सात भाइ छोराभन्‍दा पनि असल भएकी, तपाईंलाई प्रेम गर्ने बुहारीले यो बालक जन्‍माएकी हुन्‌।” नाओमीले त्‍यस बालकलाई लिएर आफ्‍नो काखमा राखिन्‌ र तिनी त्‍यसकी धाई पनि भइन्‌। तिनका छिमेकीहरूले भने, “नाओमीको एक जना छोरो भयो।” अनि उनीहरूले त्‍यसको नाउँ ओबेद राखे। तिनी नै यिशैका बुबा र दाऊदका बाजे थिए।