तब मोआबी रूथले भनिन्, “त्यसबाहेक उहाँले त मलाई सबै कटनी खतम नहोउञ्जेल उहाँका मानिसहरूसँगै लागिरहनू भनी भन्नुभयो।” नाओमीले भनिन्, “हे मेरी छोरी, तिनका ठिटीहरूसँगै जान तिमीलाई बेस होला, किनकि अरूको खेतमा तिमीलाई खतरा होला।” यसकारण तिनी बोअजका ठिटीहरूसाथसाथै जौ र गहूँका कटनी खतम नहोउञ्जेल शिला-बाला बटुल्नमा लागिरहिन्। तर तिनी आफ्नी सासूकै साथमा बस्थिन्।
रूथ 2 पढ्नुहोस्
सुन्नुहोस् रूथ 2
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: रूथ 2:21-23
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू