रूथले जवाफ दिइन्, “मलाई फर्केर जान र तपाईंलाई छोड्न कर नगर्नुहोस्। तपाईं जहाँ जानुहुन्छ म पनि त्यहीँ जानेछु। तपाईं जहाँ बस्नुहुन्छ म पनि त्यहीँ नै बस्नेछु। तपाईंका मानिसहरू मेरा मानिसहरू हुनेछन्, अनि तपाईंका परमेश्वर मेरा परमेश्वर हुनेछन्। तपाईं जहाँ मर्नुहुन्छ म पनि त्यहीँ मर्नेछु, र त्यहीँ नै गाड़िनेछु। मृत्युबाहेक अरू कुनै कुराले तपाईं र मलाई अलग गरेमा परमप्रभुले मसँग पनि अति कड़ा व्यवहार गरून्।” रूथले आफूसँग जाने दृढ़ सङ्कल्प गरेकी देखेर नाओमीले अरू केही भनिनन्। अनि ती दुवै जना हिँड़े, र बेथलेहेममा आइपुगे। जब तिनीहरू बेथलेहेममा आइपुगे तब जम्मै सहरमा हलचल मच्चियो। आइमाईहरूले भन्न लागे, “के यिनी नाओमी नै हुन्?” तिनले भनिन्, “मलाई नाओमी नभन। मलाई मारा भन, किनभने सर्वशक्तिमान्ले मेरो जीवन तीतो बनाइदिनुभएको छ। म भरिपूर्ण भएर गएको थिएँ, तर परमप्रभुले मलाई रित्तो फर्काएर ल्याउनुभएको छ। मलाई किन नाओमी भन्छौ? परमप्रभु मेरो विरुद्धमा उठ्नुभएको छ। सर्वशक्तिमान्ले ममाथि विपत्ति ल्याउनुभएको छ।” यसरी नाओमीकी बुहारी मोआबी रूथ तिनीसँग मोआब देशबाट आइन्। तिनीहरू बेथलेहेममा आइपुग्दा जौको कटनी हुँदैथियो।
रूथ 1 पढ्नुहोस्
सुन्नुहोस् रूथ 1
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: रूथ 1:16-22
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू