रूथ 1:1-5

रूथ 1:1-5 NNRV

उहिले नै न्‍यायकर्ताहरूको शासनकालमा देशमा अनिकाल पर्‍यो, अनि यहूदाको बेथलेहेमबाट कुनै एक जना मानिस आफ्‍नी पत्‍नी र दुई भाइ छोराहरूलाई लिएर मोआबीहरूको देशमा केही समयको लागि बस्‍नलाई गए। ती मानिसको नाउँ एलीमेलेक थियो। तिनकी पत्‍नीको नाउँ नाओमी र तिनका दुई छोराहरूका नाउँ महलोन र किल्‍योन थियो। तिनीहरू यहूदाको बेथलेहेमका एप्रातीहरू थिए। तिनीहरू मोआबीहरूको देशमा गए, र त्‍यहीँ बस्‍न लागे। नाओमीका पति एलीमेलेक मरे, र तिनी आफ्‍ना दुई छोराहरूसँग छोड़िइन्‌। यी छोराहरूले मोआबी स्‍त्रीहरू विवाह गरे। एउटीको नाउँ ओर्पा र अर्कीको नाउँ रूथ थियो। तिनीहरू त्‍यहाँ प्राय: दश वर्ष बसेपछि दुवै महलोन र किल्‍योन पनि मरे। यसरी ती स्‍त्री आफ्‍ना दुई छोराहरू र आफ्‍ना पतिबाट पनि बिछोड़ भइन्‌।