रोमी 9:1-5

रोमी 9:1-5 NNRV

म ख्रीष्‍टमा साँचो बोलिरहेछु, मैले ढाँटेको छैनँ। मेरो विवेकले पवित्र आत्‍मामा मलाई गवाही दिन्‍छ। मेरो हृदयमा असाध्‍य शोक र मनमा अटूट वेदना छ। म त यहाँसम्‍म पनि चाहन सक्‍थें कि मेरा भाइहरू र मेरा जातिको नाताले मेरा कुटुम्‍बहरूका खातिर म नै श्रापित होऊँ, र ख्रीष्‍टबाट परित्‍यक्त होऊँ! तिनीहरू इस्राएलीहरू हुन्, अनि पुत्र हुने अधिकार, महिमाको दर्शन, करार, व्‍यवस्‍थाको प्रदान, मन्‍दिरको आराधना र प्रतिज्ञाहरू तिनीहरूका आफ्‍नै हुन्‌। पूर्वजहरू तिनीहरूका नै हुन्, र ख्रीष्‍ट पनि शरीरअनुसार तिनीहरूकै वंशका हुनुहुन्‍छ, सर्वोच्‍च परमेश्‍वर, जसको युगानयुग स्‍तुति होस्‌। आमेन।