रोमी 8:21-23

रोमी 8:21-23 NNRV

कि सृष्‍टि त्‍यसको आफ्‍नै विनाशको बन्‍धनबाट मुक्त गराइनेछ, र त्‍यसले पनि परमेश्‍वरका सन्‍तानको महिमित स्‍वतन्‍त्रता प्राप्‍त गर्नेछ। हामी जान्‍दछौं, सारा सृष्‍टि अहिलेसम्‍म एकसाथ प्रसववेदनाको आर्तनाद गरिरहेछ। सृष्‍टि मात्र होइन, तर हामी आफै पनि, जसमा पवित्र आत्‍माको पहिलो फल छ, सन्‍तानको रूपमा ग्रहण गरिनलाई, अर्थात्‌ हाम्रो देहको उद्धारको निम्‍ति प्रतीक्षा गरेर हामी आफै पनि भित्र-भित्रै आर्तनाद गर्दछौं।