रोमी 8:21-23 - Compare All Versions
रोमी 8:21-23 NNRV (नेपाली नयाँ संशोधित संस्करण)
कि सृष्टि त्यसको आफ्नै विनाशको बन्धनबाट मुक्त गराइनेछ, र त्यसले पनि परमेश्वरका सन्तानको महिमित स्वतन्त्रता प्राप्त गर्नेछ। हामी जान्दछौं, सारा सृष्टि अहिलेसम्म एकसाथ प्रसववेदनाको आर्तनाद गरिरहेछ। सृष्टि मात्र होइन, तर हामी आफै पनि, जसमा पवित्र आत्माको पहिलो फल छ, सन्तानको रूपमा ग्रहण गरिनलाई, अर्थात् हाम्रो देहको उद्धारको निम्ति प्रतीक्षा गरेर हामी आफै पनि भित्र-भित्रै आर्तनाद गर्दछौं।
रोमी 8:21-23 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)
सृष्टि आफैंले पनि नाशको कैदबाट एक दिन छुटकारा पाएर परमेश्वरका छोरा-छोरीको महान् छुटकारामा सहभागी हुनेछ। अहिलेसम्म सुत्केरीलाई व्यथा लागेको झैँ पूरा सृष्टि दु:खले कनिरहेको छ। तर सृष्टि मात्र होइन, पवित्र आत्माले पछि ल्याउने सुख-सम्मान्को स्वाद पाउने हामी पनि परमेश्वरको बाटो हेरेर भित्र-भित्रै कष्टले कनिरहेका छौं किनभने उहाँले हामीलाई आफ्ना छोरा-छोरी बनाएर हाम्रो शरीरलाई नाश हुन नदिई बचाउनुहुन्छ र यसैलाई स्वर्गीय शरीर बनाउनुहुन्छ
रोमी 8:21-23 NERV (पवित्र बाइबल)
परमेश्वरले बनाउन भएको हरेक कुरा नाश हुनबाट मुक्त बनाइने छ र परमेश्वरका छोरा-छोरीहरूले महिमा र स्वतन्त्रता प्राप्त गर्नेछन्। हामी जान्दछौ सारा संसार सृष्टि गरिएको प्रसव-वेदनाले तडपिरहेकी एउटी स्त्रीले झैं आज सम्म उत्सुकतापूर्वक पर्खिरहेकै छन्। यो संसारले मात्र होइन, हामीले पनि आन्तरिक पीडा बोकेर पर्खिरहेकाछौं। हामीमा परमेश्वरको प्रतिज्ञाको प्रथम अंश सरह आत्मा छ। यसैले हामीलाई उहाँले आफ्ना सन्तान कहिले बनाउनु हुने हो भनेर उत्सुकतापूर्वक पर्खिरहेकाछौं। मेरो भन्नुको तात्पर्य, हामीलाई उहाँले हाम्रा शरीरहरूबाट कहिले मुक्ति दिनुहुनेछ भनेर पर्खिरहेकाछौं।
रोमी 8:21-23 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
कि सृष्टि स्वयम् पनि विनाशको दासत्वबाट मुक्त भएर परमेश्वरका सन्तानका महिमित स्वतन्त्रता प्राप्त गर्न सकोस्। हामी जान्दछौँ, सारा सृष्टि अहिलेसम्म प्रसव पीडामाझैँ छटपटिरहेको छ। त्यति मात्र होइन, तर हामी पनि, जोसँग पवित्र आत्माको पहिलो फल छ, धर्मपुत्रका रूपमा ग्रहण गराइन हाम्रो शरीरको उद्धारको निम्ति प्रतीक्षा गर्दै उत्कट इच्छाका साथ भित्रीरूपमा छटपटिरहेका छौँ।