रोमी 7:18-20

रोमी 7:18-20 NNRV

किनकि मलाई थाहा छ, कि ममा, अर्थात्‌ मेरो पापमय स्‍वभावमा केही असल कुराले वास गर्दैन। जे असल छ, त्‍यो गर्ने इच्‍छा ममा छ, तर म त्‍यो पूरा गर्न सक्‍दिनँ। किनभने असल काम जो म गर्न चाहन्‍छु, त्‍यो म गर्दिनँ, तर दुष्‍ट काम, जो म गर्न चाहन्‍नँ, त्‍यही म गर्ने गर्छु। अब म जो इच्‍छा गर्दिनँ, त्‍यही गर्छु भने त्‍यो गर्ने म होइनँ, तर मभित्र वास गर्ने पाप हो।