रोमी 6:6-11

रोमी 6:6-11 NNRV

हामी जान्‍दछौं कि हाम्रो पुरानो मनुष्‍यत्‍व उहाँसँग क्रूसमा टाँगियो, ताकि हाम्रो पापमय शरीर नाश होस्, र अब उसो हामी पापका कमारा नहोऔं। किनभने जो मरेको छ त्‍यो पापबाट मुक्त भएको छ। तर यदि हामी ख्रीष्‍टसँग मरेका छौं भनेता उहाँसँग जिउने पनि छौं भन्‍ने विश्‍वास गर्दछौं। हामी जान्‍दछौं कि ख्रीष्‍ट मरेकाहरूबाट जीवित भएर फेरि मर्नुहुनेछैन। अब उसो उहाँमाथि मृत्‍युको राज्‍य हुँदैन। जुन मृत्‍युमा उहाँ मर्नुभयो त्‍यो पापको लेखि सधैँको लागि एकै पल्‍ट मर्नुभयो। तर जुन जीवनमा उहाँ जिउनुहुन्‍छ, त्‍यो परमेश्‍वरको निम्‍ति जिउनुहुन्‍छ। यसै गरी तिमीहरूले पनि आफू-आफूलाई पापको लेखि मरेका, तर ख्रीष्‍ट येशूमा परमेश्‍वरको लागि जीवित भएका ठान्‍नुपर्छ।