रोमी 6:4-8

रोमी 6:4-8 NNRV

यसकारण बप्‍तिस्‍माद्वारा हामी मृत्‍युमा उहाँसँगै गाडियौं, ताकि जसरी पिताको महिमाद्वारा ख्रीष्‍ट मरेकाहरूबाट जीवित पारिनुभयो, त्‍यसरी हामी पनि नयाँ जीवनको मार्गमा हिँड़ौं। यदि उहाँको मृत्‍युमा हामी उहाँसँग एउटै भएका छौं भने, उहाँको पुनरुत्‍थानमा पनि निश्‍चय नै हामी उहाँसँगै एक हुनेछौं। हामी जान्‍दछौं कि हाम्रो पुरानो मनुष्‍यत्‍व उहाँसँग क्रूसमा टाँगियो, ताकि हाम्रो पापमय शरीर नाश होस्, र अब उसो हामी पापका कमारा नहोऔं। किनभने जो मरेको छ त्‍यो पापबाट मुक्त भएको छ। तर यदि हामी ख्रीष्‍टसँग मरेका छौं भनेता उहाँसँग जिउने पनि छौं भन्‍ने विश्‍वास गर्दछौं।