रोमी 6:20-22

रोमी 6:20-22 NNRV

तिमीहरू पापका कमारा भएको बेलामा चाहिँ धार्मिकताको लेखि स्‍वतन्‍त्र थियौ। अब जुन कुराहरूमा तिमीहरू अहिले शर्माउँछौ, सो कुराहरूबाट तिमीहरूले के प्रतिफल पायौ? ती कुराहरूको अन्‍त्‍यचाहिँ मृत्‍यु हो। तर अब तिमीहरू पापबाट मुक्त भई परमेश्‍वरका कमारा भएका छौ, अनि तिमीहरूले पाउने प्रतिफलचाहिँ पवित्रकरण हो, र त्‍यसको अन्‍त्‍यचाहिँ, अनन्‍त जीवन।