रोमी 6:15-17

रोमी 6:15-17 NNRV

अब के त? के हामी व्‍यवस्‍थाको अधीनमा छैनौं, तर अनुग्रहको अधीनमा छौं भनेर पाप गर्ने त? कदापि होइन। के तिमीहरू जान्‍दैनौ, आज्ञाकारी कमाराको रूपमा आफैलाई जसकहाँ समर्पण गर्छौ, जसको आज्ञा तिमी पालन गर्छौ, त्‍यसको कमारा पनि हुन्‍छौ? कि त मृत्‍युतिर लाने पापको कमारा अथवा धार्मिकतातिर लाने आज्ञाकारिताको? तर परमेश्‍वरलाई धन्‍यवाद होस्, कि तिमीहरू, जो एक पल्‍ट पापका कमारा थियौ अब जुन शिक्षाको नमूनामा तिमीहरू सुम्‍पिएका थियौ, त्‍यो हृदयले पालन गर्ने भएका छौ।