रोमी 6:11-14

रोमी 6:11-14 NNRV

यसै गरी तिमीहरूले पनि आफू-आफूलाई पापको लेखि मरेका, तर ख्रीष्‍ट येशूमा परमेश्‍वरको लागि जीवित भएका ठान्‍नुपर्छ। यसकारण शरीरका अभिलाषाअनुसार चल्‍नु नपरोस्‌ भनी तिमीहरूका मरणशील शरीरमा पापलाई राज्‍य गर्न नदेओ। आफ्‍ना शरीरका अङ्गहरू दुष्‍टताका साधनको रूपमा पाप गर्नलाई समर्पण नगर। तर मृत्‍युबाट जीवनमा ल्‍याइएका मानिसहरूजस्‍तै आफैलाई परमेश्‍वरकहाँ दिइहाल, र शरीरका अङ्गहरूलाई धार्मिकताका साधनजस्‍तै परमेश्‍वरकहाँ समर्पण गर। किनकि पापले तिमीहरूमाथि राज्‍य गर्नेछैन, किनकि तिमीहरू व्‍यवस्‍थाको अधीनमा छैनौ, तर अनुग्रहको अधीनमा छौ।