रोमी 5:18-21

रोमी 5:18-21 NNRV

यसैले जसरी एउटै मानिसको अपराधले सबै मानिसहरू दण्‍डका भागीदार बने, त्‍यसरी नै एउटै मानिसको धार्मिकताको कामले सबै मानिसका निम्‍ति धर्मी ठहराएर जीवन ल्‍याउँछ। किनकि जसरी एउटै मानिसको अनाज्ञाकारिताले धेरै जना पापी बनाइए, त्‍यसै गरी एकै जनाको आज्ञाकारिताद्वारा धेरै जना धार्मिक बनाइनेछन्‌। व्‍यवस्‍था आयो र अपराधको वृद्धि भयो, तर जहाँ पाप बढ़्यो अनुग्रह झन्‌ बढ़ी मात्रामा बढ़्यो, यस हेतुले कि जसरी पापले मृत्‍युमा राज्‍य गर्‍यो, त्‍यसै गरी येशू ख्रीष्‍ट हाम्रा प्रभुद्वारा अनुग्रहले धर्मी ठहराएर अनन्‍त जीवनसम्‍म राज्‍य गरोस्‌।