एक जना मानिसद्वारा संसारमा पाप आयो, र पापबाट मृत्यु। यसरी सबै मानिसले पाप गरेका हुनाले सबै मानिसमा मृत्यु फैलियो। व्यवस्था दिइन अघि पनि संसारमा पाप थियो, तर जहाँ व्यवस्था छैन, त्यहाँ पापको लेखा पनि हुँदैन। आदमदेखि लिएर मोशासम्मका मानिसहरूमाथि मृत्युले राज्य गर्यो, तिनीहरूमाथि पनि जसले आदमले गरेजस्तो अपराध गरेका थिएनन्। ती आदमचाहिँ आउनुहुनेको प्रतिरूप थिए। सित्तैँको वरदान र त्यस अपराधमा केही समानता छैन। किनकि एक जना मानिसको अपराधले गर्दा धेरै मरे भनेता झन् बढ़ी परमेश्वरको अनुग्रह र एक जना मानिसको, अर्थात् येशू ख्रीष्टद्वारा आएको सित्तैँको वरदान धेरैका निम्ति प्रशस्त भयो। सित्तैँको वरदानचाहिँ त्यस एक जना मानिसको पापको नतीजाजस्तै होइन। किनकि एउटा अपराधको इन्साफले दण्डको आज्ञा ल्यायो, तर धेरै अपराधका पछि आउने सित्तैँको वरदानले निर्दोषीकरण ल्याउँछ। यदि एउटै मानिसको अपराधले गर्दा त्यस मानिसद्वारा मृत्युले राज्य गर्यो भनेता झन् बढ़ी प्रशस्त अनुग्रह र धार्मिकताका सित्तैँको वरदान पाउनेहरूले एउटै मानिस येशू ख्रीष्टद्वारा जीवनमा राज्य गर्नेछन्।
रोमी 5 पढ्नुहोस्
सुन्नुहोस् रोमी 5
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: रोमी 5:12-17
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू