रोमी 4:16-17

रोमी 4:16-17 NNRV

त्‍यसैले यो प्रतिज्ञा विश्‍वासमाथि निर्भर गर्दछ, यस हेतुले कि प्रतिज्ञा अनुग्रहमाथि भर परेर अब्राहामका सबै वंशहरूका निम्‍ति पक्‍का होस्‌। यो प्रतिज्ञा व्‍यवस्‍था पालन गर्नेहरूका निम्‍ति मात्र नभएर अब्राहामको जस्‍तो विश्‍वासमा हुनेहरूका निम्‍ति पनि हो, किनकि अब्राहाम हामी सबैका पिता हुन्‌। जसो लेखिएको छ, “मैले तँलाई धेरै जातिहरूका पिता बनाएको छु।” जुन परमेश्‍वरमाथि अब्राहामले विश्‍वास गरे, उहाँको दृष्‍टिमा उनी हामी सबैका पिता हुन्‌। उहाँले मरेकाहरूलाई पनि जीवन दिनुहुन्‍छ, र अस्‍तित्‍वमा नभएका थोकहरूलाई बोलाई अस्‍तित्‍वमा ल्‍याउनुहुन्‍छ।