किनकि सबैले पाप गरेका छन्, र परमेश्वरको महिमासम्म पुग्नबाट चुकेका छन्। परमेश्वरका अनुग्रहको वरदानले ख्रीष्ट येशूमा भएको उद्धारबाट तिनीहरू सित्तैँमा धर्मी ठहरिएका छन्। परमेश्वरले ख्रीष्टलाई उहाँको रगतद्वारा प्रायश्चितको बलिदान स्वरूप प्रस्तुत गर्नुभयो, जुन प्रायश्चित विश्वासद्वारा ग्रहण गर्नुपर्दछ। यो काम परमेश्वरले आफ्नो धार्मिकता देखाउनलाई गर्नुभयो, किनभने उहाँको ईश्वरीय धैर्यमा अगाडिका पापहरूलाई उहाँले वास्ता गर्नुभएको थिएन। परमेश्वर आफै धर्मी हुनुहुन्छ र येशूमा विश्वास राख्नेहरूलाई उहाँले धर्मी ठहराउनुहुन्छ भन्ने कुरा प्रमाण गर्नलाई उहाँले वर्तमान समयमा यो गर्नुभयो।
रोमी 3 पढ्नुहोस्
सुन्नुहोस् रोमी 3
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: रोमी 3:23-26
६ दिन
जीवनका अधिकांश निर्णयहरू कुनै न कुनै कुराको लागि महत्त्वपूर्ण हुन्छन्। यद्यपि, केवल एउटा निर्णय सबैभन्दा महत्त्वपूर्ण हुन्छ। यदि तपाईँ परमेश्वरको मुक्तिको उपहार जस्तो एक असाधारण निर्णयको गहिरो समझको लागि एक साधारण मार्ग निर्देशन खोज्दै हुनुहुन्छ भने यहाँ सुरु गर्नुहोस्। डेभिड जे. स्वान्ड द्वारा लिखित पुस्तक “आउट अभ दिस ओर्ल्ड; ए क्रिष्टियनस् गाइड टु ग्रोथ एण्ड पर्पोज” बाट लिइएको छ।
९ दिन
गोलमालको यस परिस्थितिमा ख्रीष्टलाई अझ बढी चिन्न रोज्नुहोस् र अनिश्चित समयमा डरमाथि विश्वास रोज्नुहोस्। हरेक दिन जस्तोसुकै अवस्था भए तापनि यस पाठलाई अध्ययन गर्दै जाँदा भविष्यमा तपाईँ निर्धक्क साथ कदम चाल्नुहुनेछ भनी हामी आशा राख्दछौँ।
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू